भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बाढी–पहिरोका कारण तीन सडक अझै अवरुद्ध

बाढी–पहिरोका कारण तीन सडक अझै अवरुद्ध

काठमाडौँ, १० असोज । हाल बाढी–पहिरोका कारण तीन सडक अझै अवरुद्ध रहेका छन्। प्रहरीका अनुसार कोशी प्रदेशका दुई र बागमती प्रदेशको एक सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन।

कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–४, वरुणस्थित सडकमा पहिरो खसेर अवरुद्ध भएको छ। सोही राजमार्गकै मकालु गाउँपालिका–३, एकुवास्थित सडक पनि पहिरोले रोकेको छ।

यसैगरी रसुवामा नेपाल–चीन नाका जोड्ने सडकखण्ड गत असारदेखि नै अवरुद्ध छ। सम्बन्धित निकायले सडक खोल्ने प्रयास गरे पनि निरन्तर पहिरो खसिरहेकाले आवागमन सहज हुन सकेको छैन।

 


Thali Mobile Pvt.Ltd.