भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पन्ध्र महिना देखि तीन बर्ष मुनिका बच्चाको प्रतियोगिता, वडावासी अच्चमित

पन्ध्र महिना देखि तीन बर्ष मुनिका बच्चाको प्रतियोगिता, वडावासी अच्चमित

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ७ मा १५ महिना देखि ३ वर्षमुनिका बच्चाको प्रतियोगिता सम्पन्न भएको छ । बच्चाहरुको प्रतियोगिता हुदा वडावासी एक छिन त अच्चममा परे । १५ महिने बच्चाको पनि प्रतियोगिता ? यो कस्तो प्रतियोगिता भनेर वडावासी मात्रै होइन, नगरवासीसमेत अच्चमित भए ।

जव आयोजकले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे त्यसपछि मात्रै यो आवश्यक हो भनेर सबैले भन्न थाले । स्वस्थ बच्चा बनाउनका लागि अर्थात वडामा रहेक बच्चाको अवस्था कस्तो छ भन्नेवारे जानकारी लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष रविन्द्र सापकोटाले बताए ।

भविष्यका कर्णधार बालबालिका स्वस्थ भएपछि मात्र देश स्वस्थ हुने भएकाले विश्वस्वास्थ दिवसको अवसर पारेर स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि र उल्लेख्य जनसहभागितामा प्रतियोगिता गरिएको सापकोटाको भनाइ छ ।

वडा नं. ७ गूण्डमा स्थायी र अथायीरुपले बसोबास गरिरहेका र १५ महिना देखि ३ बर्ष मुनि उमेर समुहका सबै बच्चाहरुले यस प्रतियोगितामा भाग लिएको जानकारी दिए । प्रथम, द्वितीय र तृतीय भएका बच्चाहरुलाई पुरस्कृत गरिएको छ ।

सहभागी सबै बच्चाहरुलाइ स्वास्थ्य चौकीको तर्फबाट आकर्षक उपहारसमेत दिइएको थियो । सहभागिताको लागि बच्चाहरुको खोप कार्ड अनिवार्य गरिएको थियो । नाम दर्ताको लागि नजिकको महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्य चौकी र ०१५०९०१७५ मा सम्पर्क गर्न समेत भनिएको थियो । कार्यक्रम गुण्डु स्वास्थ्य चौकीको प्राङ्गणमा भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.