भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रको सहकार्य जरुरी: महासंघ अध्यक्ष ढकाल

पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्रको सहकार्य जरुरी: महासंघ अध्यक्ष ढकाल

काठमाडौं, १० जेठ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी उपयोग आवश्यक रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालले आफ्नो प्राकृतिक र धार्मिक सम्पदाबाट अपेक्षित लाभ लिन नसकेको औंल्याए।

अध्यक्ष ढकालले सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथजस्ता विश्वप्रसिद्ध पर्यटकीय स्थल भए पनि नेपालले तिनको पूर्ण उपयोग गर्न नसकेको बताए। ‘हामी प्राकृतिक र धार्मिक रूपमा धनी छौं, तर त्यसको आर्थिक लाभ उठाउन सकेका छैनौं,’ उनले भने।

उनले महासंघले सातै प्रदेशमा पर्यटन पूर्वाधार निर्माणमा काम गरिरहेको जानकारी दिँदै पर्यटन प्रवद्र्धनले देशको आर्थिक वृद्धिमा योगदान पुर्‍याउन सक्ने बताए। साथै, यसका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको जोड छ।

 

 


Thali Mobile Pvt.Ltd.