भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ: शेखर कोइराला

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ: शेखर कोइराला

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई अध्यागमन विभागमा भएको भ्रष्टाचारको घटनापछि नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भ्रष्टाचारको मुद्दा उठिसकेपछि गृहमन्त्रीले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ।’

कोइरालाले विगतमा मन्त्रीहरूले यस्तो कदम चालेर नैतिकता देखाएको स्मरण गर्दै लेखकको राजीनामाले उहाँको नैतिक प्रतिष्ठा जोगाउन सघाउने बताए। ‘मैले राजीनामा दिएर छानबिनको बाटो खोलिदिएँ, त्यसले नैतिक बल दिन्छ,’ उनले थपे।

उनले संवैधानिक निकायलाई कर्मचारीको ‘रिटायरमेन्ट क्लब’ जस्तो बनेको भन्दै कर्मचारीका लागि कुलिङ पिरियड आवश्यक रहेको औंल्याए। साथै, लोकतन्त्रवादी दलहरूले जनमत संग्रहबाट नडराउनुपर्ने र कांग्रेस, एमाले, माओवादी मिलेर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह गर्न सक्नुपर्ने उनको भनाइ छ।

कोइरालाले २०८२ मंसिरमा कांग्रेसको महाधिवेशन आयोजना गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याउँदै कार्यकर्तालाई दबाब सिर्जना गर्न आग्रह गरे।

 


Thali Mobile Pvt.Ltd.