भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालमा शंकास्पद कारोबार बढ्दो अवस्थामा रहेको प्रतिवेदन सार्वजनिक

नेपालमा शंकास्पद कारोबार बढ्दो अवस्थामा रहेको प्रतिवेदन सार्वजनिक

काठमाण्डौ । बर्सेनि नेपालमा शंकास्पद कारोबार बढ्दै गएको एक प्रतिवेदनले देखाएको छ । बैंक तथा वित्तीय संस्थामा ५ हजार भन्दा बढी शंकास्पद कारोबार भएको एक प्रतिवेदनले देखाएको हो । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९ र ८० मा गएको आर्थिक वर्षमा कुल ५ हजार ९ सय ३५ वटा शंकास्पद कारोबार भएको देखिएको छ ।

संस्थाहरूलाई कुनै पनि कारोबार शंकास्पद लागेमा त्यसको जानकारी तीन दिनभित्र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइलाई गराउनुपर्ने व्यवस्था सम्पत्ति शुद्धीकरण निवारण ऐनमा उल्लेख छ ।
आर्थिक वर्ष २०७८ र ७९ मा शंकास्पद कारोबारको सङ्ख्या २ हजार ७ सय ८० मात्र थियो । अघिल्लो आर्थिक वर्ष २०७८ र ७९ को तुलनामा शंकास्पद कारोबार दोब्बर भन्दा पनि धेरैले बढेको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार वाणिज्य बैंकहरुले ५ हजार १ सय ८७ कारोबार शंकास्पद रहेको जानकारी गराएका छन् । विकास बैंकहरुले २ सय ५७ वटा, फाइनान्स कम्पनीले ४४ वटा, लघुवित्तले २८ वटा, रेमिट्यान्स कम्पनीले १ सय ४६ वटा, सहकारीले एउटा र सेक्युरिटिज कम्पनीले ४६ वटा शंकास्पद कारोबारको जानकारी दिएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.