सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडौं, १९ असार । सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा दफावार छलफल सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन्।

प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विधेयक निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।

विधेयकमाथिको दफावार छलफलमा सांसद आशिष गजुरेल, वासना थापा, ऐनबहादुर महर र अरविन्द शाहले आफ्ना धारणा राखेका थिए।

सरकारले यस विधेयकलाई यसअघि जारी गरिएको अध्यादेशको प्रतिस्थापनका रूपमा संसद्मा प्रस्तुत गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.