भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महानगरलाई चाबी बुझाउने व्यवसायीहरुको चेतावनी

महानगरलाई चाबी बुझाउने व्यवसायीहरुको चेतावनी

काठमाण्डौ । गाडी पार्किङ गर्न नदिएपछि व्यवसायीहरूले शटर बन्द गरेर विरोध जनाएका छन् । काठमाण्डौ महानगरपालिकाले न्युरोड क्षेत्रमा कालोपत्र सडकमा पार्किङ गर्न निषेध गरेपछि व्यवसायीहरुले सटर बन्द गर्ने चेतावनी दिएका हुन ।

व्यवसायीहरूलाई हतोत्साही बनाएर महानगरले न्युरोड क्षेत्रमा पार्किङ बन्द गर्ने निर्णय गरेको व्यवसायीले आरोप लगाएका छन् । विरोधमा काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २२ ,२३ र २४ का व्यवसायीहरूले हिजैदेखि शटर बन्द गरेर आन्दोलन थालेका हुन् । उनीहरुले सबै शटर बन्द गरेर महानगरलाई चाबी बुझाउने तयारी गरेका छन् ।

काठमाण्डौ टावरमा ३ सय वटा चार पाङ्ग्रे र ७ सय वडा दुई पाङ्ग्रे गाडी पार्किङ गर्न सकिने महानगरले जनाएको छ । व्यवसायीहरूले भने यो पार्किङ क्षेत्र उपयुक्त नभएको बताएका छन् ।

महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको छ । महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाण्डौ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.