भर्खरै : Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड |

शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास

शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास

मुख्य बुँदा

खोटाङको वासिङ पहिरो एक शताब्दीभन्दा बढी समयदेखि सक्रिय।

दर्जनौँ घर, सयौँ रोपनी खेतीयोग्य जमिन र पुरानो गोरेटो बाटो बगायो।

वर्षायाममा खोला थुन्दा तल्लो बस्ती थप जोखिममा।

विद्यालयसहित धेरै गाउँ पहिरोको उच्च जोखिममा।

स्थानीय तहले दीर्घकालीन समाधानका लागि सरकारसँग माग।

खोटाङ, १९ असार । जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङस्थित वासिङ पहिरोले एक शताब्दीभन्दा बढी समयदेखि स्थानीयवासीलाई विस्थापित गर्दै आएको छ। स्थानीयका अनुसार १९९० सालको महाभूकम्पअघि नै सुरु भएको पहिरो अहिलेसम्म रोकिएको छैन।

बुँवाखोलाबाट सुरु भएको पहिरोले दर्जनौँ घर, सयौँ रोपनी खेतबारी र पुरानो गोरेटो बाटो बगाइसकेको छ। वर्षायाममा पहिरोले खोलासमेत थुन्ने भएकाले तल्लो बस्ती थप जोखिममा पर्ने गरेको स्थानीयको भनाइ छ।

करिब एक किलोमिटर क्षेत्रमा फैलिएको पहिरोका कारण धेरै परिवार पुख्र्यौली थातथलो छाडेर तराईका विभिन्न जिल्लामा बसाइँ सरेका छन्। पहिरोभन्दा करिब २०० मिटरमाथि रहेको विजय आधारभूत विद्यालयसमेत जोखिममा रहेको विद्यालयले जनाएको छ।

बोपुङका वडाध्यक्ष मस्तबहादुर राईका अनुसार पहिरो अहिले बुँवाखोलाबाट करिब डेढ किलोमिटर माथिसम्म फैलिएको छ। यसले वालिङ, हुवाला, डुम्रेबोटे, आहाले, बाटुला र खरबनीलगायत गाउँ जोखिममा परेका छन्।

वडा वा गाउँपालिकाको बजेटले नियन्त्रण गर्न नसकिने भएकाले सम्बन्धित निकायले तत्काल दीर्घकालीन रोकथामका उपाय अवलम्बन गर्नुपर्ने उनले बताए।

गाउँपालिकाका अनुसार बोपुङसहित अन्य वडाहरू पनि पहिरोको उच्च जोखिममा छन् भने देविस्थान क्षेत्रका धानबालीमा पनि बर्सेनि ठूलो क्षति हुँदै आएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.