भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा इम्बोस्ड नम्बर प्लेट निर्णयको विरोध

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा इम्बोस्ड नम्बर प्लेट निर्णयको विरोध

काठमाण्डौ, १० भाद्र । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले इम्बोस्ड नम्बर प्लेट जडानको निर्णयको विरोध जनाएको छ।

महासङ्घका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा देशभरका यातायात कार्यालयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने प्रविधि र पूर्वाधार नहुँदा तत्काल निर्णय कार्यान्वयन गर्न नसकिने स्पष्ट गरिएको छ।

महासङ्घले सरकारसँग आवश्यक तयारी, उपकरण, जनशक्ति र प्राविधिक संरचना पूरा नगरी व्यवसायीलाई बाध्यकारी रूपमा नम्बर प्लेट जडान गर्न लगाउन खोज्नु व्यावहारिक नहुने बताएको छ।

साथै, इम्बोस्ड नम्बर प्लेट प्रणाली लागू गर्नुअघि व्यवसायी, सरकारी निकाय र सरोकारवालाबीच विस्तृत छलफल आवश्यक रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.