भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

ट्रम्पद्वारा भारत–पाकिस्तानसहित ७ वटा युद्ध रोकेको दाबी, विवादास्पद टिप्पणी

ट्रम्पद्वारा भारत–पाकिस्तानसहित ७ वटा युद्ध रोकेको दाबी, विवादास्पद टिप्पणी

वाशिङ्टन, १० भाद्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तान द्वन्द्वसहित विश्वभर सात वटा युद्ध रोक्न सफल भएको दाबी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भारत–पाकिस्तानबीचको तनाव आणविक युद्धमा परिणत हुन सक्ने सम्भावना रहेको भए पनि आफ्नो पहलमा युद्ध रोकिएको दाबी गरे।

ट्रम्पले भारत र पाकिस्तानले पहिले नै सात वटा लडाकु विमान खसालेको उल्लेख गरे तर ती कुन देशका विमान थिए भन्ने प्रष्ट पारेनन्। उनले दुवै देशलाई २४ घण्टाको अल्टिमेटम दिँदै युद्ध जारी रहे अमेरिकाले व्यापार नगर्ने चेतावनी दिएको र त्यसपछि मात्र युद्ध रोकिएको दाबी गरे।

यद्यपि भारतले यसअघि पनि अमेरिकाले गरेको मध्यस्थता वा युद्ध रोक्ने दाबीलाई अस्वीकार गर्दै आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा भारत कुनै पनि प्रकारको मध्यस्थतालाई स्वीकार नगर्ने स्पष्ट धारणा राखिसकेका छन्।

गत हप्ता पनि ट्रम्पले भारत–पाकिस्तानसहितका युद्ध रोक्न सफल भएको भन्दै आफू प्रमुख शान्तिनिर्माता भएको दाबी गरेका थिए। ट्रम्प प्रशासनले उनले रोकेका युद्धहरूको सूची सार्वजनिक गर्दै उनलाई नोबल शान्ति पुरस्कार पाउन ढिलाइ भएको समेत टिप्पणी गरेको छ।

 


Thali Mobile Pvt.Ltd.