भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर स्वीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ । २०८१ असार २५ गते बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकको निर्णय नम्बर १९६ ले वार्षिक शैक्षिक क्यालेन्डर स्वीकृत गरेको हो ।

त्रिवि शिक्षाध्यक्षको कार्यालयले उक्त शैक्षिक क्यालेन्डर लागू गर्न मातहतका निकायहरूलाई निर्देशन पनि दिएको छ । त्रिवि अन्तर्गतका अध्ययन संस्थान, संकाय, आङ्गिक क्याम्पस, केन्द्रीय विभागहरू तथा कार्यक्रम लगायतका निकायहरूलाई शैक्षिक क्यालेन्डर लागू निर्देशन दिएको हो । त्रिविले स्नातक तह र स्नातकोत्तर तहको वार्षिक प्रणाली तथा सेमिस्टर प्रणाली अनुसारको क्यालेन्डर बनाएको हो ।

451094937_8150178878423398_8361378948365731263_n450841554_8150179098423376_2757334269087862722_n450520562_8150179398423346_8077302676563704542_n

 


Thali Mobile Pvt.Ltd.