भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

त्रिभुवन विमानस्थलमा एक महिनामा साढे ७ लाख यात्रु, दशैं-तिहारको चापले वृद्धि

त्रिभुवन विमानस्थलमा एक महिनामा साढे ७ लाख यात्रु, दशैं-तिहारको चापले वृद्धि

काठमाडौं, ५ कात्तिक । चाडपर्वको समय नजिकिँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप उल्लेख्य रूपमा बढेको देखिएको छ । पछिल्लो एक महिनाको तथ्यांक अनुसार विमानस्थलमार्फत कुल ७ लाख ६१ हजार ४१४ यात्रुले सेवा लिएका छन् ।

अक्टोबर २०२५ (२०८२ असोज–कात्तिक) मा आन्तरिक उडानमार्फत ३ लाख २३ हजार १२ यात्रुले सेवा लिएका थिए । तीमध्ये २ लाख ४ हजार ५८८ यात्रु काठमाडौंबाट प्रस्थान गरेका थिए भने १ लाख १८ हजार ४२४ यात्रु काठमाडौं फर्किएका थिए । यस अवधिमा काठमाडौंबाट ४ हजार २०९ उडान भएका छन् भने ४ हजार २०८ जहाज अवतरण गरेका छन् । जसअनुसार आन्तरिक उडान/अवतरण संख्या ८ हजार ४१७ पुगेको छ ।

अन्तर्राष्ट्रिय यात्रातर्फ, अक्टोबर महिनामा १ लाख ९५ हजार ८७६ यात्रु नेपालबाट बाहिरिएका छन् भने २ लाख ४० हजार ३९४ यात्रु नेपालमा भित्रिएका छन् । यससँगै अन्तर्राष्ट्रिय तर्फको कुल यात्रु संख्या ४ लाख ३८ हजार ४०६ रहेको छ । साथै, २ हजार १३६ यात्रुले ट्रान्जिट सेवा लिएको त्रिभुवन विमानस्थलको तथ्यांकले देखाउँछ ।

अन्तर्राष्ट्रिय उडान र अवतरण दुबै १ हजार ५८५-१ हजार ५८५ गरी कुल ३ हजार १७० पटक भएको छ । हाल त्रिभुवन विमानस्थलबाट ३१ वटा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले सेवा दिइरहेका छन् । विमानस्थलका अनुसार अक्टोबर महिनामा यात्रुको संख्यामा सधैंजसो वृद्धि हुने गर्दछ, तर यो वर्ष दशैं र तिहारको चापले गर्दा सेवा दिने क्षमतामा उच्च दबाव परेको छ । यात्रु संख्याको तीव्र वृद्धिसँगै विमानस्थल व्यवस्थापनले सुरक्षा र सेवाको गुणस्तरमा थप सतर्कता अपनाएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.