भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

उद्योग विभागले औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाको सुनुवाइ ११ कात्तिकबाट सुरु गर्ने

उद्योग विभागले औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाको सुनुवाइ ११ कात्तिकबाट सुरु गर्ने

काठमाडौं, ५ कात्तिक । उद्योग विभागले जेन जेड आन्दोलनका कारण रोकिएको औद्योगिक सम्पत्ति सम्बन्धी मुद्दाहरूको सुनुवाइ ११ कात्तिकबाट पुनः सुरु गर्ने निर्णय गरेको छ । विभागले पेटेन्ट, डिजाइन र ट्रेडमार्कसम्बन्धी मुद्दाहरूको सुनुवाइ सोही मितिदेखि पेशी सूचीमा राखेर सोमबारदेखि बिहीबारसम्म नियमित इजलास सञ्चालन गरिने जनाएको छ ।

२४ भदौमा भएको आगजनी घटनाबाट विभागमा ठूलो क्षति पुगेको थियो, जसले कारण सेवाहरू प्रभावित भएका थिए । यद्यपि २१ असोजदेखि अधिकांश सेवा पुनः सञ्चालनमा आएको विभागको भनाइ छ । तर, त्यसयता रोकिएको औद्योगिक सम्पत्तिसम्बन्धी कानुनी कार्यवाही भने सुरु हुन सकेको थिएन । अब भने ११ कात्तिकबाट यी मुद्दाहरूको नियमित सुनुवाइ सुरु हुने भएपछि सेवा प्रभावित भएकाहरूलाई राहत हुने अपेक्षा गरिएको छ ।

विभागका अनुसार, पेटेन्ट दर्ता, डिजाइन संरक्षण, र ट्रेडमार्क दर्ता/विवादसम्बन्धी मुद्दाहरू प्राथमिकताका साथ अगाडि बढाइनेछ ।

 


Thali Mobile Pvt.Ltd.