भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

ट्रम्पको निर्देशनमा रूसनजिक परमाणु पनडुब्बी परिचालन गर्ने तयारी

ट्रम्पको निर्देशनमा रूसनजिक परमाणु पनडुब्बी परिचालन गर्ने तयारी

एजेन्सी । अमेरिकाले रूसनजिक परमाणु शक्तिसम्पन्न पनडुब्बी परिचालन गर्ने तयारी गरेको छ । यो कदम रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषदका उपाध्यक्ष दिमित्री मेदभेदेभका भड्काउपूर्ण अभिव्यक्तिपछि आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक सुरक्षा सतर्कताका लागि उक्त आदेश दिएका हुन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमा भनेका छन्, “मेदभेदेभका उत्तेजक अभिव्यक्तिहरूका कारण सतर्क रहनुपर्दछ। शब्दले कहिलेकाहीं गम्भीर परिणाम निम्त्याउन सक्छ ।” उनले पनडुब्बी कुन ठाउँमा परिचालित गरिएका हुन् भन्ने जानकारी सार्वजनिक गरेका छैनन्, जुन अमेरिकी सैन्य नीति अनुसार गोप्य राखिन्छ । पनडुब्बीहरू आणविक हतियारयुक्त हुन् वा आणविक उर्जामा चल्ने भन्नेबारे पनि स्पष्ट पारिएको छैन ।

ट्रम्पले पत्रकारहरूसँग भनेका छन्, “पूर्वरूसी राष्ट्रपतिको तर्फबाट धम्की आएको छ, त्यसैले हामी आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक कदम चाल्दैछौं ।” यसैबीच, ट्रम्प र मेदभेदेभबीच सामाजिक सञ्जालमा व्यक्तिगत आरोप–प्रत्यारोप जारी छ ।

केही समयअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अगस्ट ८ भित्र युद्ध रोक्न चेतावनी दिएका थिए, जसलाई रूसले अस्वीकार गरेको छ । मेदभेदेभले ट्रम्पको चेतावनीलाई नाटकीय र खतरनाक भनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.