भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

उत्तर पुस्तिका हराएको प्रकरणमा त्रिविले केही दिनमा निर्णय गर्ने

उत्तर पुस्तिका हराएको प्रकरणमा त्रिविले केही दिनमा निर्णय गर्ने

काठमाडौं । उत्तर पुस्तिका हराएको प्रकरणमा त्रिभुवन विश्वविद्यालयले केही दिनमा निर्णय गर्ने भएको छ । उत्तर पुस्तिका हराएको विषयमा छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा त्रिविले केही दिनभित्रमा निर्णय गर्न लागेको हो ।

२०८० सालको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (४१२) का उत्तर पुस्तिका हराएका थिए ।

उत्तर पुस्तिका हराएको विषयमा गत चैत १५ गते त्रिविले राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष तथा त्रिविका पूर्व रजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।
त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले प्रतिवेदन अध्ययनको काम सकिएको र केही दिनमा निर्णयमा पुगिने बताए ।

 


Thali Mobile Pvt.Ltd.