भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

झोलाभित्र भेटिइन् सानी बालिका: न्यूजिल्याण्डमा आमानविय घटनाले देश स्तब्ध, महिला पक्राउ

झोलाभित्र भेटिइन् सानी बालिका: न्यूजिल्याण्डमा आमानविय घटनाले देश स्तब्ध, महिला पक्राउ

काइवाका, १९ साउन । जब बसको लगेज चेक गर्ने क्रममा एक झोला हल्लिरहेको देखियो, बस चालकले त्यो सामान्य मान्न सकेनन्।
झोला खोलेपछि जुन दृश्य देखियो, त्यो केवल अप्रत्याशित मात्र होइन, मानवता माथिको एक गहिरो प्रश्न पनि थियो। भित्र थिइन्—दुई वर्षीया एक सानी बालिका।

कुनै खेलौना होइन, कुनै सामान होइन—जीवित, असहाय, नबोल्ने बाल मन। २७ वर्षीया एक महिला पक्राउ परेकी छिन्।बालबालिकासँग अमानवीय व्यवहार तथा चरम लापरवाही गरेको आरोपमा उनलाई थुनामा राखिएको छ।

प्रहरीका अनुसार, बालिका शारीरिक रूपमा सामान्य अवस्थामा देखिएकी थिइन्, तर घटनाको गम्भीरताका कारण स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो। महिला र बालिकाबीचको सम्बन्ध भने अझै स्पष्ट भइसकेको छैन। अदालतमा महिला सोमबार पेश हुँदैछिन्।

अदालतको निर्णय जे भए पनि प्रश्न उठिसकेको छ—कसरी? किन? यति निर्दोष जीव एक झोलाभित्र, सास थामेर बसेकी थिइन्? प्रहरीले भनेको छ, “बस चालकले तत्काल देखिएको संकेतलाई नजरअन्दाज नगरेको भए यो घटना अझ भयावह हुन सक्थ्यो।” सजगता देखाउने चालकको साहसले एक निर्दोष ज्यान जोगिएको हो।

 


Thali Mobile Pvt.Ltd.