भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

यूएई जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार दिराम निर्धारण

यूएई जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार दिराम निर्धारण

काठमाण्डौ, २३ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली कामदारका लागि न्यूनतम तलब एक हजार दिराम निर्धारण गरेको छ।

मन्त्री शरतसिंह भण्डारीका अनुसार, दूतावासको सुझाव र परराष्ट्र तथा कानून मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णयमार्फत् नयाँ तलब निर्धारण गरिएको हो। सरकारले बजार अवस्थालाई ध्यानमा राखेर यो निर्णय गरेको जानकारी दिएको छ।

अब यूएई जाने नेपाली श्रमिकको न्यूनतम तलब सुविधा एक हजार दिरामभन्दा कम भएमा मागपत्र प्रमाणिकरण नहुने व्यवस्था गरिएको छ। यसअघि आठ सय, एक हजार र एक हजार दुई सय दिराम तलब लागू थियो।

नयाँ व्यवस्था अनुसार, अदक्ष श्रमिकको तलब न्यूनतम एक हजार, अर्धदक्षको एक हजार दुई सय, र दक्ष श्रमिकको तलब एक हजार पाँच सय दिराम तोकिएको छ।

यूएईको एक हजार दिराम करिब ३७ हजार नेपाली रुपैयाँ बराबर हुन्छ। मन्त्रालयले तोकिएको नयाँ तलब नदिने रोजगारदातालाई नेपाली श्रमिक लैजान नदिने कडा चेतावनी पनि दिएको छ।

 


Thali Mobile Pvt.Ltd.