भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

सप्तरीमा डाँका समूहसँगको झडपमा एकजनाको मृत्यु, एक घाइते

सप्तरीमा डाँका समूहसँगको झडपमा एकजनाको मृत्यु, एक घाइते

काठमाण्डौ, २३ जेठ ।  सप्तरीमा लुटपाट गर्न गएका डाँका समूहको प्रतिकार गर्दा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। सुरुङ्गा नगरपालिका–८ मल्हनवाका कान्तालाल चौधरीको डाँका समूहले चलाएको गोली लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

उनका भाइ रामाकान्त चौधरी घाइते भई प्रादेशिक अस्पताल लहानमा उपचाररत छन्। गएराति झन्डै १ बजेतिर ४–५ जनाको डाँका समूह चौधरीको घरमा लुटपाट गर्न प्रवेश गरेको थियो। प्रतिकार गर्ने क्रममा डाँकाहरूले धारिलो हतियार प्रयोग गर्दा कान्तालाल घाइते भए। त्यसपछि उनीमाथि गोली प्रहार गर्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

डाँका समूहले घरबाट पाँच तोला सुन, दुई किलो चाँदी र ६० हजार नगद लुटपाट गरेको छ। घटनास्थलबाट प्रहरीले नपड्किएको तीन राउन्ड गोली र एक राउण्ड गोलीको खोका बरामद गरेको छ।

 


Thali Mobile Pvt.Ltd.