भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

न्याय परिषदबाट उच्च अदालतमा ३ महिलासहित २७ न्यायाधीश सिफारिश

न्याय परिषदबाट उच्च अदालतमा ३ महिलासहित २७ न्यायाधीश सिफारिश

काठमाण्डौ, २३ साउन । न्याय परिषदले उच्च अदालतमा तीन जना महिलासहित २७ जना न्यायाधीश सिफारिश गरेको छ। हिजो प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले सिफारिश सूची अनुमोदन गरेको हो।

महिला न्यायाधीशमध्ये अवानी मैनाली भट्टराईलाई उच्च अदालत पाटनमा, शर्मिला थापा विष्टलाई उच्च अदालत पाटनको हेटौंडा इजलासमा र निशा बानियाँलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सिफारिश गरिएको छ।

यसबाहेक विभिन्न जिल्ला अदालतका न्यायाधीश, उच्च अदालतका रजिष्ट्रार, सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता, मन्त्रालयका सहसचिव र कानुन व्यवसायीहरूलाई समेत उच्च अदालतका विभिन्न इजलासमा नियुक्ति सिफारिश गरिएको छ।

न्याय परिषदको यो निर्णयसँगै देशका उच्च अदालतहरूमा महिला प्रतिनिधित्वमा केही वृद्धि हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.