भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

न्याय परिषदबाट उच्च अदालतमा ३ महिलासहित २७ न्यायाधीश सिफारिश

न्याय परिषदबाट उच्च अदालतमा ३ महिलासहित २७ न्यायाधीश सिफारिश

काठमाण्डौ, २३ साउन । न्याय परिषदले उच्च अदालतमा तीन जना महिलासहित २७ जना न्यायाधीश सिफारिश गरेको छ। हिजो प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले सिफारिश सूची अनुमोदन गरेको हो।

महिला न्यायाधीशमध्ये अवानी मैनाली भट्टराईलाई उच्च अदालत पाटनमा, शर्मिला थापा विष्टलाई उच्च अदालत पाटनको हेटौंडा इजलासमा र निशा बानियाँलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सिफारिश गरिएको छ।

यसबाहेक विभिन्न जिल्ला अदालतका न्यायाधीश, उच्च अदालतका रजिष्ट्रार, सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता, मन्त्रालयका सहसचिव र कानुन व्यवसायीहरूलाई समेत उच्च अदालतका विभिन्न इजलासमा नियुक्ति सिफारिश गरिएको छ।

न्याय परिषदको यो निर्णयसँगै देशका उच्च अदालतहरूमा महिला प्रतिनिधित्वमा केही वृद्धि हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.