भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

इजरायली सुरक्षा क्याबिनेटबाट गाजा कब्जा गर्ने प्रस्ताव स्वीकृत

इजरायली सुरक्षा क्याबिनेटबाट गाजा कब्जा गर्ने प्रस्ताव स्वीकृत

एजेन्सी, २३ साउन । इजरायलको सुरक्षा क्याबिनेटले गाजा कब्जा गर्ने प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको प्रस्ताव स्वीकृत गरेको छ। एक्जिओसको रिपोर्टअनुसार, यस निर्णयअनुसार हमासलाई सिध्याउने गरी गाजामा सैन्य कारबाहीको तयारी गर्न इजरायली सेनालाई आदेश दिइएको छ।

अल जजीराका अनुसार, यो कदम नेतन्याहूको लामो योजनाअन्तर्गत रहेको हो, जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि समर्थन गरेको बताइएको छ। सन् २०२३ सेप्टेम्बरदेखि जारी आक्रमणमा गाजामा झण्डै ६२ हजार मानिस मारिएका छन् र अहिले चरम भोकमरीको अवस्था छ।

गाजा कब्जा गर्ने गरी सुरु हुन लागेको सम्भावित आक्रमणका कारण मानवीय संकट अझै बढ्ने भन्दै विभिन्न मुलुकले चिन्ता व्यक्त गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.