भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायली सुरक्षा क्याबिनेटबाट गाजा कब्जा गर्ने प्रस्ताव स्वीकृत

इजरायली सुरक्षा क्याबिनेटबाट गाजा कब्जा गर्ने प्रस्ताव स्वीकृत

एजेन्सी, २३ साउन । इजरायलको सुरक्षा क्याबिनेटले गाजा कब्जा गर्ने प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको प्रस्ताव स्वीकृत गरेको छ। एक्जिओसको रिपोर्टअनुसार, यस निर्णयअनुसार हमासलाई सिध्याउने गरी गाजामा सैन्य कारबाहीको तयारी गर्न इजरायली सेनालाई आदेश दिइएको छ।

अल जजीराका अनुसार, यो कदम नेतन्याहूको लामो योजनाअन्तर्गत रहेको हो, जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि समर्थन गरेको बताइएको छ। सन् २०२३ सेप्टेम्बरदेखि जारी आक्रमणमा गाजामा झण्डै ६२ हजार मानिस मारिएका छन् र अहिले चरम भोकमरीको अवस्था छ।

गाजा कब्जा गर्ने गरी सुरु हुन लागेको सम्भावित आक्रमणका कारण मानवीय संकट अझै बढ्ने भन्दै विभिन्न मुलुकले चिन्ता व्यक्त गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.