भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

एमाले नीति प्रतिष्ठानको निर्देशक कमिटीमा को–को परे ? ६ जनाको नाम प्रस्ताव

एमाले नीति प्रतिष्ठानको निर्देशक कमिटीमा को–को परे ? ६ जनाको नाम प्रस्ताव

काठमाडाैं, ०८ जेठ । नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठनका लागि ६ जनाको नाम प्रस्ताव गरेको छ । प्रस्तावित नामबारे आज बस्ने सचिवालय बैठकले अन्तिम निर्णय गर्नेछ ।

पार्टीले यसअघि नै प्रतिष्ठानको अध्यक्षमा विष्णु रिमाललाई मनोनयन गरिसकेको छ । अब सदस्यहरूको नाम अनुमोदन गरेर कमिटीलाई पूर्णता दिने तयारी गरिएको हो ।

निर्देशक कमिटीमा को–को छन् प्रस्तावित ?

सचिवालय बैठकमा प्रस्तुत प्रस्तावअनुसार निर्देशक कमिटी सदस्यका रूपमा निम्न नामहरू अघि सारिएका छन्: युवराज खतिवडा, नेत्र तिमिल्सिना, योगेन्द्र गुरुङ, विनोद पाण्डे, एक जना कार्यकारी निर्देशक

यी नामहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार सचिवालयमा प्रस्तुत गरिएको बताइएको छ । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअघि प्रतिष्ठानको अध्यक्षमा ईश्वर पोखरेल रहेका थिए । महाधिवेशनपछि नेतृत्व परिवर्तन भई विष्णु रिमाललाई नयाँ अध्यक्षका रूपमा मनोनयन गरिएको हो ।

पार्टीभित्र नीति निर्माण, अनुसन्धान तथा अध्ययनसँग सम्बन्धित संरचनालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित यो नयाँ निर्देशक कमिटी गठन प्रक्रिया अघि बढाइएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.