भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

निर्माण व्यवसायीले छवि सुधार्नुपर्छ: सांसद राईको कडा टिप्पणी

निर्माण व्यवसायीले छवि सुधार्नुपर्छ: सांसद राईको कडा टिप्पणी

काठमाडाैं, ८ जेठ । सांसद राजेन्द्रकुमार राईले निर्माण व्यवसायीलाई आफ्नो कार्यशैली सुधार गर्न आग्रह गरेका छन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले व्यवसायीहरूको समग्र छविमा सुधार आवश्यक रहेको बताएका हुन् ।

निर्माण व्यवसायीहरूले सरकारसँग मात्र निर्भर भएर समस्या प्रस्तुत गर्ने प्रवृत्ति हटाउनुपर्ने बताए । व्यवसायिहरूले आफ्ना मुद्दा स्पष्ट तथा व्यवस्थित रूपमा राख्नुपर्ने आवश्यकता रहेकाे उनले बताए । ‘बहाना बनाएर काम रोक्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ ’ उनले भने ।

सांसद राईले निर्माण क्षेत्रका समस्या बारम्बार एउटै कारण देखाएर दोहोर्याउने प्रवृत्तिप्रति आपत्ति जनाए । उनले तेलको मूल्य बढेको बहानामा काम रोक्ने वा पटक–पटक एउटै विषय उठाउने अभ्यास अब अन्त्य हुनुपर्ने बताए । उनले निर्माण व्यवसायीहरूले आफ्ना समस्यालाई क्रमबद्ध रूपमा १, २, ३, ४ गरेर स्पष्ट रूपमा प्रस्तुत गर्न नसकेको टिप्पणी समेत गरे ।

त्यस्तै उनले निर्माण व्यवसायीहरूको छवि सामान्यतया सकारात्मक नभएको उल्लेख गर्दै त्यसलाई सुधार गरेर विकास निर्माणका कामलाई गति दिनुपर्नेमा जोड दिए । साथै, रोकिएका विकास आयोजनाहरूलाई व्यवहारिक समाधानमार्फत छिटो अघि बढाउन सरकारलाई पनि उनले आग्रह गरेका छन् ।

समग्रमा निर्माण क्षेत्रको सुधार, पारदर्शिता र जिम्मेवारी बढाउन सबै पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन् ।

 


Thali Mobile Pvt.Ltd.