भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

महिला लखेट्ने एमाले युवाहरूको खोजी गर्दै प्रहरी

महिला लखेट्ने एमाले युवाहरूको खोजी गर्दै प्रहरी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रमका लागि भनी आएका महिलाहरूको एक समूहलाई मंगलबार राति युवाहरुले लखेटे ।

प्रसाईले नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताहरूले मध्यराति बास बस्न लागेका महिलाहरूलाई पार्टी प्यालेसबाट लखेटेको गम्भीर आरोप लगाएपछि यसबारे प्रहरीले छानबिन थालेको छ ।

प्रारम्भिक अनुसन्धानमा एमालेकै युवा संघको एक टोलीले उक्त घटना गराएको पत्ता लागिसकेको प्रहरीले बताएको छ ।घटना मंगलबार राति भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित लोकन्थलीको इन्द्रसान बैंक्वेट (पार्टी प्यालेस)मा भएको हो ।

राति करिब १० बजेतिर सो पार्टी प्यालेसको खाली हलमा भुइँमा म्याट लगाएर सुत्न लागेका करिब ३०–३५ जना महिलाको समूहलाई युवाहरूले उठाएर बाहिर निकालेको देखिन्छ । उनीहरू इटहरीबाट ७ गतेको दुर्गा प्रसाईको कार्यक्रमका लागि आएको भन्ने भिडियोकै संवादबाट थाहा हुन्छ ।

भित्र पसेका केही युवाहरूले यहाँ बस्न मिल्दैन भनेर उनीहरूलाई लखेटेका छन् । आफैले भिडियो बनाउँदै आफैले प्रश्नोत्तर गरिरहेका ती युवाहरूले धम्कीपूर्ण शैलीमा उठाएपछि महिलाहरू निरीह हुँदै सडकमा निस्केको देखिन्छ ।

पछि राति ३ बजेतिर मात्र ती महिलाहरू गौशाला पुगेर बास बसेको प्रहरी स्रोतको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.