भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

शान्त देखिने तापीय लहर घातक हुनसक्छ : संयुक्त राष्ट्रसङ्घको चेतावनी

शान्त देखिने तापीय लहर घातक हुनसक्छ : संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी,  १७ असार । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मौसम तथा जलवायु सम्बन्धी निकायले हाल देखापरेको अत्यधिक गर्मीको अवस्था अझै चर्किन सक्ने चेतावनी दिएको छ।

विश्व मौसम सङ्गठन (WMO) का अनुसार यस्तो गर्मीलाई शान्त देखिए पनि घातक मान्नुपर्ने र यसले ठूलो मानवीय क्षति निम्त्याउन सक्ने खतरा रहेको उल्लेख गरिएको छ।

संस्थाका प्रवक्ता क्लेर नलिसले उत्तर गोलार्द्धमा विशेष गरी जुलाई महिनामा सामान्यतः तापक्रम बढ्ने गरे पनि यस वर्ष गर्मीयाम सुरु हुनासाथै असामान्य रूपमा उच्च तापक्रम मापन हुन थालेको जानकारी दिनुभयो।

“अत्यधिक गर्मी आँधी, बाढी वा पहिरोजस्ता प्रकोपजत्तिकै गम्भीर हुन सक्छ,” प्रवक्ता नलिसले चेतावनी दिँदै भन्नुभयो, “यो शान्त देखिए पनि मानवीय स्वास्थ्य र जीवनमा गहिरो प्रभाव पार्छ।”

उहाँका अनुसार हाल पश्चिमी युरोप उच्च वायुमण्डलीय दबाबको प्रभावमा रहेको छ, जसले उत्तर अफ्रिकाबाट आएको तातो हावा त्यस क्षेत्रमै थुनेको छ। यसले सो क्षेत्रका मानिसहरूको दैनिक जीवनशैली, काम गर्ने क्षमता, तथा स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ।

त्यस्तै, भू–मध्यसागर क्षेत्रमा समुद्री सतहको तापक्रम उच्च दरले वृद्धि भईरहेको र यसको असर जमिनमा समेत परेको छ। शहरहरूमा हरियालीको अभाव र पक्की संरचनाले तातो सोस्न नसक्ने हुँदा सहरमा गर्मीको प्रभाव झन गहिरो हुने विज्ञहरूको निष्कर्ष छ।

WMO ले विश्वभरका सरकार र समुदायलाई सतर्क रहन, तत्काल अनुकूलन उपायहरू लागू गर्न र अत्यधिक गर्मीबाट बच्ने रणनीति बनाउन आह्वान गरेको छ।

 


Thali Mobile Pvt.Ltd.