भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

“उपाध्यक्षको उल्टो खेल: आफैले ल्याएका अधिकृतलाई सरुवा गराउन दबाब”

“उपाध्यक्षको उल्टो खेल: आफैले ल्याएका अधिकृतलाई सरुवा गराउन दबाब”

कालिकोट । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालको अनुपस्थितिलाई लिएर सञ्चारमाध्यममा आएका समाचारहरूलाई पालिकाले खण्डन गर्दै ती भ्रामक र नियोजित अफवाह भएको स्पष्ट पारेको छ।

पालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दै बडुवाल स्वीकृत तालिम, प्राविधिक कार्य र व्यक्तिगत विदामा रहेको जनाउँदै, कामकाज नियमित रूपमा सञ्चालन भइरहेको बताएको हो। यसबीच, पालिकाभित्र नेतृत्व तहकै विवाद र राजनीतिक चलखेलका कारण प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्मका घटना उजागर भएका छन्। स्रोतका अनुसार, गाउँपालिका उपाध्यक्षले आफूसँग सहकार्य नभएको, आवश्यक सेवासुविधा नदिएको गुनासो गर्दै बडुवाललाई सरुवा गराउन सक्रिय भूमिकामा लागेको स्रोतले जनाएको छ ।

बेपत्ता हैन, प्रक्रियागत विदामा

अध्यक्ष मोहनबहादुर केसीका अनुसार, बडुवाल बैशाख ८ गतेसम्म नियमित रूपमा कार्यरत थिए। ९ र १० गते प्रदेशस्तरीय तालिममा सहभागी भई, त्यसपछि पालिकाको जेनेरेटर खरिदसम्बन्धी ठेक्काको मूल्यांकनमा संलग्न रहेका थिए। “त्यसपछि उहाँले स्वीकृत विदा लिएर मास्टर्स डिग्रीको परीक्षा दिन जानुभएको हो,” अध्यक्ष केसीले बताए, “हाल पालिकाको काम नियमित रूपमा अगाडि बढिरहेको छ।”

प्रमुख प्रशासकीय अधिकृत बडुवालले आफू प्रक्रिया अनुसार तालिम, सरकारी काम र स्वीकृत विदामा रहेको भन्दै, आफूलाई नियोजित रूपमा बदनाम गर्न खोजिएको आरोप लगाए। “मैले विधिसम्मत काम गर्दा केही पक्षलाई असहज भएको हुन सक्छ,” बडुवालले भने, “मन्त्रालयमा सरुवा गराउन जानु आफैँमा विडम्बनापूर्ण हो।”  बडुवालले आफू समन्वयमा आधारित कार्यशैलीमा विश्वास गर्ने र जनतासँग सहकार्य गर्दै सुशासन कायम गर्न प्रतिबद्ध रहेको धारणा राखेका छन्।

विपरित धारहरू, एउटै पालिका

एकातिर सञ्चारमाध्यमहरूले बडुवालको सम्पर्कविहीनता, अग्रिम हाजिरी, आयोजना अलपत्र परेको र सुर्खेतमा पढाउने जस्ता आरोप लगाएका छन्। अर्कोतर्फ, गाउँपालिका अध्यक्ष, निमित्त प्रशासकीय अधिकृत र सूचना अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा ती सबै आरोपको खण्डन गर्दै, बडुवालको उपस्थिति, कामको विवरण र स्वीकृत विदा स्पष्ट पारिएको छ।

प्रशासनिक अस्थिरता र राजनीतिक हस्तक्षेप
स्थानीय स्तरमा देखिएको कर्मचारी सरुवा र बदलीको राजनीति तथा नेतृत्व तहबीचको विश्वास अभावले पालिकाको नियमित काममा अस्थिरता ल्याएको स्थानीयबासी बताउँछन्।

उपाध्यक्ष स्वयंले सुरुमा सरुवा गराएर ल्याएको अघिकृतलाई पछि फर्काउन खोज्नु, उनको के इन्टरेष्ट नमिलेर उनीनै जानुन तरा प्रशासनिक प्रक्रियालाई प्रभावित पार्ने खालको हस्तक्षेप भएको उनीहरूको भनाइ छ। पालिकाले सञ्चारमाध्यमहरूलाई सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्दै, सुशासनको प्रयासमा व्यवधान पुर्‍याउने प्रयत्नप्रति गम्भीर आपत्ति जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.