भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आयोजना कम्पनीको स्पष्टीकरण, ‘समाचार एकपक्षीय र भ्रामक’ भएकाे दाबी

आयोजना कम्पनीको स्पष्टीकरण, ‘समाचार एकपक्षीय र भ्रामक’ भएकाे दाबी

भक्तपुर, २३ बैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित काँक्राबारीस्थित घिसिङडाँडा क्षेत्रमा भू–विकास गर्दै आएको निक भुजीकिक हाउजिङ प्रा.लि. ले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै हाल सार्वजनिक सञ्चारमाध्यमहरूमा आएको समाचारप्रति आपत्ति जनाएको छ। कम्पनीले ती समाचारहरू एकपक्षीय, अपुष्ट र नियोजित उद्देश्यसहित प्रकाशित–प्रसारित गरिएको दाबी गरेको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, “कम्पनीले सरकारी जग्गा, खोल्सी, सार्वजनिक संरचना अतिक्रमण गरेको” भनी विभिन्न माध्यमबाट प्रचार भइरहेका समाचारहरू “आधारहीन र कपोकल्पित” रहेको बताइएको छ।

कम्पनीद्वारा प्रस्तुत यथार्थ विवरणअनुसार:

  • आयोजनाका लागि वडा कार्यालयबाट सिफारिस भई नगरपालिकामा फाइल निर्णयको अन्तिम चरणमा रहेको,

  • वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) पूरा गरी सरकारी स्वीकृति प्राप्त भइसकेको,

  • माटो परीक्षण तथा पानीको बहावसम्बन्धी अध्ययन सम्पन्न भइसकेको,

  • सार्वजनिक सम्पत्तिहरूको संरक्षण उपत्यका विकास प्राधिकरणको प्रस्तावित नक्सा अनुसार गरिने प्रतिवद्धता व्यक्त गरिएको छ।

कम्पनीका सञ्चालक अध्यक्ष पूर्ण बहादुर लिम्बुले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “कम्पनीले सधैं कानुनी प्रक्रिया पालना गर्दै पारदर्शिता, जवाफदेहिता र स्थानीय सहभागितालाई प्राथमिकता दिएको छ।”

कम्पनीले छिट्टै पत्रकार सम्मेलन आयोजना गर्ने र आयोजनासम्बन्धी नक्सा, स्वीकृति कागजात तथा प्रगति विवरण सार्वजनिक गर्ने जनाएको छ। विज्ञप्तिको अन्त्यमा सञ्चारमाध्यमहरू र सरोकारवालालाई कुनै पनि सूचना प्रकाशन गर्नु अघि त्यसको प्रामाणिकता जाँच गर्न आग्रह समेत गरेको छ।

विज्ञप्ति यस्ताे छ ..

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [1.23 MB]

 


Thali Mobile Pvt.Ltd.