भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उपत्यकाका तीन जिल्लामा उच्च सुरक्षा सतर्कता

उपत्यकाका तीन जिल्लामा उच्च सुरक्षा सतर्कता

काठमाडौं । एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रदर्शनलाई लक्षित गरी उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ ।

निषेधित क्षेत्र र कार्यक्रमस्थल आसपासमा अधिक सुरक्षाकर्मी परिचालन भएका छन् ।तिनकुने क्षेत्रमा तालिमप्राप्त कुकुरसहितका सुरक्षा व्यवस्था छ भने मध्यपुरथिमिस्थित दुर्गा प्रसाईंको निवास वरपर झन सुरक्षाकर्मी तैनाथ भएका छन् ।

तिनकुने क्षेत्रमा एमाले नेता महेश बस्नेत सहितका कार्यकर्ताहरु भेला हुने क्रम जारी छ भने । प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गरिरहेका छन् । दुवैको कार्यक्रमस्थलमा सुरक्षाकर्मी तैनाथ भएका छन् ।तिहारमा मुलुकभर आपराधिक घटना सामान्य ः नेपाल प्रहरी

उनीहरुमध्ये अधिकांशले रातो क्याप लगाएका छन् । प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै उपत्यकामा ड्रोनबाट निगरानी गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

अत्यावश्यक कामबाहेक सवारीसाधन लिएर ननिस्कन प्रहरीले सूचना जारी गरेपछि उपत्यकाका सडकमा सवारी साधनको चाप कम छैन ।

 


Thali Mobile Pvt.Ltd.