भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

सत्ता गठबन्धनको औचित्य नै समाप्त भइसकेको जसपा अध्यक्ष उपेन्द्र यादवको दाबी

सत्ता गठबन्धनको औचित्य नै समाप्त भइसकेको जसपा अध्यक्ष उपेन्द्र यादवको दाबी

काठमाडौं, १० असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हालको गठबन्धन सरकारप्रति गम्भीर असन्तुष्टि जनाउँदै समर्थन फिर्ता लिएको घोषणा गरेका छन्।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको हो। अध्यक्ष यादवले सरकार गठनको समयमा जनतामा सुशासनको प्रत्याभूति गराउने, भ्रष्टाचारको अन्त्य गर्ने, अर्थतन्त्र सबल बनाउनेजस्ता ठूला प्रतिबद्धता गरिएको स्मरण गराउँदै भने, “तर आजसम्म सरकार त्यसको एक अंश पनि पुरा गर्न सकेन, सुशासन कुन चराको नाम हो, सरकारलाई थाहा छैन।”

उनले अर्थतन्त्रको अवस्था झनै धरासायी बनेको उल्लेख गर्दै भने, “देशको कुल ऋण अढाई खर्ब नाघेको छ। उत्पादनमुखी कार्यक्रम भन्दा रेमिटेन्सले देश चलेको अवस्था छ। बजेट विचौलियामुखी बनेको छ, न गरिब न श्रमिकले राहत पाएका छन्।” संविधान संशोधनको विषयमा पनि सरकार गम्भीर नदेखिएको भन्दै अध्यक्ष यादवले भने, “संविधान संशोधन भएको एक वर्ष बितिसक्दा पनि आवश्यक ऐन र कार्यान्वयनतर्फ सरकार उदासीन छ। सरकार पूरै असफल भएको प्रमाणित भइसकेको छ।”

गठबन्धन र गणतन्त्रको अवस्थाबारे चिन्ता गर्दै अध्यक्ष यादवले सत्ता गठबन्धनको औचित्य नै समाप्त भइसकेको दाबी गर्दै भने, “गठबन्धनले मुलुकलाई अघि बढाउन सक्दैन भन्ने कुरा प्रमाणित भइसकेको छ। सरकार मात्र होइन, गठबन्धन नै असफल भएको छ।”
गणतन्त्रका आधारभूत मूल्य र मान्यतामाथि आक्रमण हुने गतिविधि भइरहेकामा पनि उनले चिन्ता व्यक्त गरे।

प्रदेशहरूमा अधिकार खुम्च्याउने, असारमा अधिकृत फेरबदलका नाममा प्रशासनलाई अस्थिर बनाउने प्रयास भइरहेको उल्लेख गर्दै यादवले भने, “यसरी राज्य चल्दैन।”

 


Thali Mobile Pvt.Ltd.