भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सिंहदरबारमा ६ संसदीय समिति बैठक, करदेखि प्रहरी कानुन संशोधनसम्मको छलफल

सिंहदरबारमा ६ संसदीय समिति बैठक, करदेखि प्रहरी कानुन संशोधनसम्मको छलफल

काठमाडाैं, ११ असार । सङ्घीय संसदअन्तर्गत रहेका विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । सिंहदरबारमा बिहान ११ देखि १ बजेसम्म बस्ने बैठकहरूमा विभिन्न विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

आज बस्ने समितिहरूमा अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन् ।

अर्थ समितिको बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्ताव गरिएको मूल्य अभिवृद्धि करसम्बन्धी नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदनमाथि छलफल गरिनेछ । त्यस्तै, आर्थिक विधेयकले प्रस्ताव गरेका करसम्बन्धी व्यवस्था र कर दरहरूबारे समसामयिक छलफल हुने कार्यसूची रहेकाे छ ।

यता  राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने जनाइएको छ । भने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा र प्रतिवेदनको मस्यौदामाथि छलफल गरिनेछ ।

त्यसैगरी सार्वजनिक लेखा समितिको बैठकमा बागमती प्रदेश अन्तर्गत दोलखा लगायतका क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा हुनेछ । पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कार्य प्रगतिबारे छलफल गरिनेछ । विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ । 

 


Thali Mobile Pvt.Ltd.