भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

लमजुङका दुई लाख २८ हजार पशुलाई खोप

लमजुङका दुई लाख २८ हजार पशुलाई खोप

लमजुङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०–८१ मा जिल्लाका आठ पालिकामा दुई लाख २८ हजार पशुमा खोप लगाइएको जनाएको छ ।

केन्द्रका निमित्त प्रमुख डा सुनिल न्यौपानेका अनुसार विभिन्न रोग निययन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर बाख्रा, गाईभैँसी, बङ्गुर, कुकुरलाई खोप लगाइएको छ । गाईवस्तु, २९ हजार तीन सय ८६, भैँसी ५७ हजार सात सय छ, बाख्रा एक लाख १७ हजार तीन सय ४१, भेडा १६ हजार आठ सय ७९ वटा, बङ्गुर दुई हजार त सय ६९ र कुकुर चार हजार चार सय २१ वटामा खोप लगाइएको थियो ।

सबैभन्दा बढी बेँसीसहर नगरपालिका र सबैभन्दा कम दूधपोखरी गाउँपालिकाका किसानका चौपायमा खोप लगाइएको छ । बेँसीशहरमा ३६ हजार एक सय ३२, दूधपोखरीमा १५ हजार चार सय १६ पशुचौपायामा खोप लगाइएको छ ।

त्यसैगरी सुन्दरबजार नगरपालिकामा ३२ हजार नौ सय ९१, राइनास नगरपालिकामा २६ हजार ३७, मध्यनेपाल नगरपालिकामा ३० हजार छ सय २४, दोर्दी गाउँपालिकामा ३४ हजार सात सय २८, मस्र्याङ्दी गाउँपालिमामा ३५ हजार सात सय५४ वटा र क्व्होलासोथर गाउँपालिकामा १६ हजार सात सय १९ चौपायमा खोप लगाइएको छ । खोप कार्यक्रम सञ्चालनका लागि ८१ खोपकर्ता सञ्चालन गरिएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.