भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लमजुङका दुई लाख २८ हजार पशुलाई खोप

लमजुङका दुई लाख २८ हजार पशुलाई खोप

लमजुङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०–८१ मा जिल्लाका आठ पालिकामा दुई लाख २८ हजार पशुमा खोप लगाइएको जनाएको छ ।

केन्द्रका निमित्त प्रमुख डा सुनिल न्यौपानेका अनुसार विभिन्न रोग निययन्त्रण गर्न जिल्लाका सबै पालिकाका किसानको घरघरमा पुगेर बाख्रा, गाईभैँसी, बङ्गुर, कुकुरलाई खोप लगाइएको छ । गाईवस्तु, २९ हजार तीन सय ८६, भैँसी ५७ हजार सात सय छ, बाख्रा एक लाख १७ हजार तीन सय ४१, भेडा १६ हजार आठ सय ७९ वटा, बङ्गुर दुई हजार त सय ६९ र कुकुर चार हजार चार सय २१ वटामा खोप लगाइएको थियो ।

सबैभन्दा बढी बेँसीसहर नगरपालिका र सबैभन्दा कम दूधपोखरी गाउँपालिकाका किसानका चौपायमा खोप लगाइएको छ । बेँसीशहरमा ३६ हजार एक सय ३२, दूधपोखरीमा १५ हजार चार सय १६ पशुचौपायामा खोप लगाइएको छ ।

त्यसैगरी सुन्दरबजार नगरपालिकामा ३२ हजार नौ सय ९१, राइनास नगरपालिकामा २६ हजार ३७, मध्यनेपाल नगरपालिकामा ३० हजार छ सय २४, दोर्दी गाउँपालिकामा ३४ हजार सात सय २८, मस्र्याङ्दी गाउँपालिमामा ३५ हजार सात सय५४ वटा र क्व्होलासोथर गाउँपालिकामा १६ हजार सात सय १९ चौपायमा खोप लगाइएको छ । खोप कार्यक्रम सञ्चालनका लागि ८१ खोपकर्ता सञ्चालन गरिएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.