भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आस्क नेपालले सञ्चालन गरेको शुक्रबारे हाटबजार तरकारी विक्रिको केन्द्र बन्दै

आस्क नेपालले सञ्चालन गरेको शुक्रबारे हाटबजार तरकारी विक्रिको केन्द्र बन्दै

नगरकोट । आपसी सहयोग केन्द्र (आस्क नेपाल)ले सञ्चालन गरेको शुक्रबारे हाटबजार तरकारी विक्रिको केन्द्र बनेको छ । नगरकोटको केन्द्रमा सञ्चालित शुक्रबारे हाटबजार तरकारी उत्पादनक किसानको दैनिकी र व्यवसायीहरुको किनमेल गर्ने केन्द्र बनेको हो ।

प्रत्यक शुक्रबार लाग्ने हाटबजारमा काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका किसान र चाँगुनारायण नगरपालिकाका किसानले उत्पादन गरेको अर्गानिक उन्मुख तरकारी विक्रि वितरण हुने गरेको छ । तरकारी हाटबजारमा नगरकोटका होटल व्यवसायीहरुले आफूलाई आवश्यक तरकारी खरिद गर्ने गरेका छन् ।The Friday hot market

व्यवसायीहरुले तरकारी उत्पादक किसानले उत्पादन गरेको तरकारी खरिद गरिदिनाले किसानलाई राहत पुगेको स्थानीय किसानको भनाई छ । विगतमा बिचौलीयाले दुःख दिएपनि हाटबजार सञ्चान भएपछि बिचौलीयाको अन्त्य भएको छ । हप्तामा एक दिन सञ्चालन हुने तरकारी हाटबजारले आफूहरुलाई निकै राहत पुगेको किसानहरुले बताएका छन् ।

The Friday hot market

उनीहरुले आस्क नेपालले सुरु गरेको तरकारी हाटबजारमा आउँदा आफूहरुलाई पहिले अप्ठेरो लागेपनि अहिले भने निकै खुशी लाग्ने गरेको बताए । २०८० साउन १९ गतेबाट सुरु भएको शुक्रबारे हाटबजारले सफलतापूर्वक एक वर्ष पुरा गरेको उपलक्ष्यमा भव्य समारोह समेत गरिसेको छ ।

The Friday hot market

एक वर्षको अवधिमा किसानहरुले आफ्नो बारीमा उत्पादन गरेको तरकारी विक्रि गरेर राम्रै आम्दानी गरेको आस्क नेपाल काभ्रे शाखाले जनाएको छ । आस्क नेपालले सञ्चालन गरेको हाटबजारमा काभ्रे मण्डनदेउपुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ ले सम्वयन्य गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.