भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

आस्क नेपालले सञ्चालन गरेको शुक्रबारे हाटबजार तरकारी विक्रिको केन्द्र बन्दै

आस्क नेपालले सञ्चालन गरेको शुक्रबारे हाटबजार तरकारी विक्रिको केन्द्र बन्दै

नगरकोट । आपसी सहयोग केन्द्र (आस्क नेपाल)ले सञ्चालन गरेको शुक्रबारे हाटबजार तरकारी विक्रिको केन्द्र बनेको छ । नगरकोटको केन्द्रमा सञ्चालित शुक्रबारे हाटबजार तरकारी उत्पादनक किसानको दैनिकी र व्यवसायीहरुको किनमेल गर्ने केन्द्र बनेको हो ।

प्रत्यक शुक्रबार लाग्ने हाटबजारमा काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका किसान र चाँगुनारायण नगरपालिकाका किसानले उत्पादन गरेको अर्गानिक उन्मुख तरकारी विक्रि वितरण हुने गरेको छ । तरकारी हाटबजारमा नगरकोटका होटल व्यवसायीहरुले आफूलाई आवश्यक तरकारी खरिद गर्ने गरेका छन् ।The Friday hot market

व्यवसायीहरुले तरकारी उत्पादक किसानले उत्पादन गरेको तरकारी खरिद गरिदिनाले किसानलाई राहत पुगेको स्थानीय किसानको भनाई छ । विगतमा बिचौलीयाले दुःख दिएपनि हाटबजार सञ्चान भएपछि बिचौलीयाको अन्त्य भएको छ । हप्तामा एक दिन सञ्चालन हुने तरकारी हाटबजारले आफूहरुलाई निकै राहत पुगेको किसानहरुले बताएका छन् ।

The Friday hot market

उनीहरुले आस्क नेपालले सुरु गरेको तरकारी हाटबजारमा आउँदा आफूहरुलाई पहिले अप्ठेरो लागेपनि अहिले भने निकै खुशी लाग्ने गरेको बताए । २०८० साउन १९ गतेबाट सुरु भएको शुक्रबारे हाटबजारले सफलतापूर्वक एक वर्ष पुरा गरेको उपलक्ष्यमा भव्य समारोह समेत गरिसेको छ ।

The Friday hot market

एक वर्षको अवधिमा किसानहरुले आफ्नो बारीमा उत्पादन गरेको तरकारी विक्रि गरेर राम्रै आम्दानी गरेको आस्क नेपाल काभ्रे शाखाले जनाएको छ । आस्क नेपालले सञ्चालन गरेको हाटबजारमा काभ्रे मण्डनदेउपुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ ले सम्वयन्य गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.