भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

वीर अस्पताल-जमल मार्गको फुटपाथ २ वर्षदेखि अधुरै

वीर अस्पताल-जमल मार्गको फुटपाथ २ वर्षदेखि अधुरै

काठमाडाैं, १४ मंसिर । काठमाडौँ महानगरपालिका–२७ अन्तरगत वीर अस्पतालबाट जमलतर्फको फुटपाथ करिब साढे दुई वर्षदेखि अव्यवस्थित र जोखिमपूर्ण अवस्थामा रहेको छ । फुटपाथ मर्मत र निर्माणका सामग्री राखिए पनि लामो समयसम्म काम अगाडि नबढ्दा पैदल यात्रुहरू सघन ट्राफिकसँगै जोखिम मोलेर हिँड्न बाध्य भएका छन् ।

स्थानीयका अनुसार फुटपाथभरि थुपारिएका निर्माण सामग्री, अव्यवस्थित संरचना र काम नबढेको कारण सडक अझ साँघुरो बनेको छ । वीर अस्पताल क्षेत्र हुँदै दैनिक हजारौँ नागरिक आवतजावत गर्ने भएकाले समस्या झनै गम्भीर बन्दै गएको छ ।

नागरिकहरूले तत्काल निर्माण कार्य तीव्र बनाउन काठमाडौँ महानगरको ध्यानाकर्षण गराएका छन् ।

 


Thali Mobile Pvt.Ltd.