भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न शुरु

नेपालमा उत्पादन भएको तरकारी कतारमा निर्यात गर्न शुरु

काठमाण्डौ । नेपालमा उत्पादन भएको तरकारी आजदेखि कतारमा निर्यात गर्न शुरु भएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा काठमाण्डौको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित दुई हजार किलो तरकारी आज कतार पठाएको दक्षिणकालीका मेयर मोहन बस्नेतले जानकारी दिनुभयो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेर निर्यातको शरुवात भएको उहाँले बताउनुभयो । कार्यक्रममा कृषि विभागका महानिर्देशक डाक्टर नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताउनुभयो ।

ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत दक्षिणकालीमा तरकारी खेती गरिएको थियो । आज कतार पठाइएका तरकारीमा रातो चेरी खुर्सानी ९अकबरे०, फ्ल्याट बीन्स र करेला लगायतका रहेका छन् ।

दक्षिणकाली नगरपालिकाका स्थानीय किसानले खेती गरेका उत्पादनले ताजापन र गुणस्तर सुनिश्चित गरेको र कतारको बजारमा रुचाइने नेपालका लागि कतारी राजदूत अन्सारीले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.