भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सहकारी ठगीमा लेखा समिति सभापति पोखरेल

सहकारी ठगीमा लेखा समिति सभापति पोखरेल

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारीको रकम अपचलनमा मुछिएका छन् । ०६८ सालमा स्थापना गरिएको र लामो समय उनकै पत्नी अञ्जला कोइराला सञ्चालक रहेको मोरङ धनपालथान गाउँपालिका– ४ कर्सियास्थित उमा गौरी कृषि सहकारीले १४ करोड ५६ लाख रुपया हिनामिना गरेको छ ।

पीडितहरूले प्र्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयमा उजुरी दिएको लामो समय बित्दा पनि कारबाही भने अगाडि बढ्न सकेको छैन । १८ करोड ५१ लाख कुल पुँजी रहेको सहकारीमा ऋणी र सञ्चालक सदस्यको जग्गाको कागजपत्र धितो राखेर विभिन्न व्यावसायिक बैंकबाट ११ करोड ५६ लाख रुपैयाँ ऋण निकालेको छ ।

सहकारीले बचतकर्ताको दुई करोड तीन लाख ५४ हजार फिर्ता गर्न बाँकी छ । करिब पाँच हजार सेयर सदस्य रहेको यस सहकारीमा बचत र ऋण हिनामिनाबारे पीडितहरूले प्रश्न उठाउन थालेपछि डेढ वर्षदेखि ताला लागेको छ । ०६८ मा स्थापना भएको सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार हुन् ।

उनी एमालेनिकट मानिन्छन् । जानकारहरूका अनुसार लेखा समिति सभापति पोखरेलकै अग्रसरतामा सहकारी स्थापना गरिएको हो । उनकी पत्नी अञ्जला ०७२ देखि ०७८ सम्म सञ्चालक समिति सदस्य थिइन् । ०६८ देखि ०७८ सम्मका सहकारीका कागजपत्र सबै गायब पारिएका छन्, जसका कारण अहिले अनुसन्धानमै पनि समस्या भएको छ ।

 


Thali Mobile Pvt.Ltd.