भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

रुपन्देहीमा गाउँपालिका अध्यक्ष चढ्ने गाडी तोडफोड

रुपन्देहीमा गाउँपालिका अध्यक्ष चढ्ने गाडी तोडफोड

काठमाडौं । रुपन्देहीमा अध्यक्ष चढ्ने गाडी तोडफोड गरिएको छ। रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी बिहीबार राति अज्ञात व्यक्तिले तोडफोड गरेका हुन ।

गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवका अनुसार अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ । गाडी तोडफोड गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको लु झ ३९५ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा तोडफोड गरिएको रुपन्देही प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.