भर्खरै : Sorry, your browser does not support inline SVG.

आम्दानीको आकर्षक माध्यम बन्दै सुर्तीखेती

आम्दानीको आकर्षक माध्यम बन्दै सुर्तीखेती

जलेश्वर । कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसान नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन्।

बर्सेनी बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत धानखेती छाडेर व्यावसायिकरूपमा सुर्तीखेती गर्न थालेका छन् ।
सुर्तीखेतीमा रमाएका किसान रामजीवन साह मेहनत र लगानीअनुसारको धान उत्पादन नहुँदा महोत्तरी गाउँपालिका–६ धेरैजसो किसानले सुर्तीखेती गरेका बताउँछन्।

गाउँका ४० प्रतिशत खेतबारीमा सुर्तीखेती हुने गरेको उनले बताए। उनका अनुसार उक्त वडाको ५० बिघा बढी जग्गामा सुर्तीखेती भएको छ। उक्त वडाका ५० बढी परिवार सुर्तीखेतीमा व्यस्त छन् । एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएकवाल साहले यहाँका किसान व्यावसायिक रूपमा सुर्तीखेती गर्न थालेको बताए।

उनका अनुसार स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर एक किलोग्रामकोएक हजारदेखि एक हजार ५०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। यहाँको सुर्ती बिडी र चुरोट बनाउन भारतका व्यापारीले किन्ने गरेका छन् । एक कट्ठा जग्गामा दुई क्विन्टलसम्म सुर्ती उत्पादन हुने र वार्षिक न्यूनतम दुई लाख आम्दानी गर्न सकिने भन्दै अर्का किसान मोहन मण्डलले बताए। रासस

 


Thali Mobile Pvt.Ltd.