भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

“विनयी खोलाको डाइभर्सन बगाउँदा नारायणघाट–बुटवल सडक ठप्प, यात्रु अलपत्र”

“विनयी खोलाको डाइभर्सन बगाउँदा नारायणघाट–बुटवल सडक ठप्प, यात्रु अलपत्र”

काठमाडौं, १६ जेठ । नवलपरासीको विनयी त्रिवेणीस्थित विनयी खोलाको उग्र बहावले फेरि एकपटक पूर्व–पश्चिम राजमार्गको मुख्य जीवनरेखा नै अवरुद्ध बनाइदिएको छ। शुक्रबार बिहान ६ बजेदेखि नारायणघाट–बुटवल खण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द भएको हो ।

रातभर परेको वर्षाले विनयी खोलाको डाइभर्सन बगाएपछि सडक सम्पर्क विच्छेद भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्त पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए। डाइभर्सन बगाएसँगै सवारी साधन लामो जाममा अल्झिएका छन् भने यात्रुहरू हैरान छन् ।

खोला बगाएको यो तेस्रोपटक हो। अघिल्लो पुस २६ गते भारतीय हेवी ट्रक पास गर्ने क्रममा स्थायी पुल भाँचिएपछि अस्थायी डाइभर्सनको प्रयोग थालिएको थियो। हाल अत्यावश्यक सेवाका सवारीहरूलाई होङ्सी सिमेन्ट उद्योगको वैकल्पिक मार्ग प्रयोग गराइँदैछ। तर, उक्त मार्ग पनि जोखिमयुक्त र असहज भएकाले तत्कालीन समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.