भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

नारायणी नदीको बीच टापुमा फसेका २२ जनाको सकुशल उद्धार

नारायणी नदीको बीच टापुमा फसेका २२ जनाको सकुशल उद्धार

चितवन, १६ जेठ । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित शिवघाट क्षेत्रमा नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण, चितवनबाट खटिएको गोताखोर टोलीले उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको हो।

बाँध बाँधेर गिट्टी–बालुवा उत्खननको कार्य भइरहेको बेला अचानक बाँध फुट्दा ती सबैजना नदीको बीच टापुमा फसेका थिए। सूचना प्राप्त भएलगत्तै प्रहरी निरीक्षक चामनारायण महतोको नेतृत्वमा उद्धार टोली बोटको सहायताले घटनास्थल पुगेको थियो।

उक्त घटनामा प्रयोग भइरहेको एउटा टिपर भने बाढीको बहावमा परी डुबेको छ। यद्यपि मानवीय क्षति भने भएको छैन। सुरक्षा निकायको तिव्र प्रतिक्रिया र उद्धार प्रयासका कारण ठूलो दुर्घटना टारिएको छ।

 


Thali Mobile Pvt.Ltd.