भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा

विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा

काठमाडौं, १ असोज । आज आश्विन सङ्क्रान्तिका अवसरमा देशभर विश्वकर्मा पूजा मनाइँदै छ । सवारीसाधन, कलकारखाना, मेसिनरी उपकरण तथा विभिन्न औजारको पूजा गरी विश्वकर्मा पूजा मनाउने गरिन्छ ।

विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा भगवान् विश्वकर्माको पूजा तथा दर्शन गर्न बिहानैदेखि श्रद्धालुको भीड लागेको छ । श्रद्धालुहरू पूजा सामग्रीसहित भद्रकाली पुगेर विश्वकर्माको पूजा आराधना गरिरहेका छन् ।

विश्वकर्मा पूजाका दिन विभिन्न उद्योग, कलकारखाना तथा कार्यस्थलमा भगवान् विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ । यस दिन सवारीसाधन, मेसिनरी उपकरण, औजार तथा काममा प्रयोग हुने विभिन्न सामग्रीको समेत पूजा गरिन्छ ।

विभिन्न उद्योग तथा कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर र कर्मचारीलाई सहभागी गराई विश्वकर्माको पूजा गर्ने चलन छ । आफूले दैनिक काममा प्रयोग गर्ने उपकरण तथा साधनको पूजा गर्दा काममा सफलता र सुरक्षा प्राप्त हुने धार्मिक विश्वाससमेत रहेको छ ।

विश्वकर्मा पूजाका लागि स्थापना गरिएका मूर्ति तथा तस्बिरमध्ये मूर्ति पूजा सकेपछि भोलिपल्ट नदी तथा जलाशयमा लगेर विसर्जन गर्ने परम्परा पनि रहेको छ ।

यस अवसरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका उद्योग, कलकारखाना, सवारीसाधनका ग्यारेज तथा कार्यस्थलमा विशेष पूजा तथा कार्यक्रम आयोजना गरिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.