भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । एमालेका आचार्य नेपाली कांग्रेसको समर्थनमा गएको साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद रहेकाले आचार्यले विश्वासको मत पाउने निश्चित छ । ८७ जना सांसद रहेका लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ जनाको समर्थन चाहिन्छ । गएको शनिवार आचार्य एमाले प्रदेश संसदीय दलको नेतामा चयन भएका थिए । उनले विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.