भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा २९ वटा पुल निर्माण

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा २९ वटा पुल निर्माण

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार योजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब पाँच वटा पुल मात्र निर्माणको काम बाँकी छ । यस खण्डमा २५ मिटर लम्बाइ सम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा छोटा सबै पुल निर्माणको काम सकिएको छ ।

लामो पुलमा जय श्री र बेल्डियाका दुई वटा पुलमा ढलानको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए । यी पुलहरू केही दिनमा ढलानको काम हुनेछन् । ढलान भएका लामा पुल केही सञ्चालनमा आएको र बाँकी रहेका पुलसमेत चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।दुई सय मिटरभन्दा लामा पुल गिरुवारी खोला, अरुणखोला र विनयी खोलाको पुल निर्माणको कामसमेत अघि बढिरहेको छ । ती पुलमध्ये दुम्किबासमा रहेको विनयी खोलाको पुरानो पुल भाँचिएको कारण अहिले उक्त स्थानका नयाँ पुल निर्माण गर्न लागिएको छ ।

विनयी खोलामा अहिले सवारी डाइभर्सनबाट सञ्चालनमा रहेको र पानी परे समस्या हुनसक्ने भएकाले नयाँ पुल निर्माणलाई प्राथमिकता दिइएको उनले बताए ।विनयी खोलाको चार वटा स्पानमा काम गर्न बाँकी रहेको उनको भनाइ छ । त्यसका लागि बिमहरू तयार भएकाले लगेर राख्ने र लगत्तै ढलानको तयारी गरिने सूचना अधिकारी खनालले बताए ।उनका अनुसार यो आर्थिक वर्षमा चोरमारामा रहेको गिरुवारी खोला र अरुणखोलाको पुल बाहेक सबै पुल निर्माण सम्पन्न हुनेछन् । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा २०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले गरिरहेको छ ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको छ । यस अवधिमासमेत काम सकिने अवस्था लगभग टरेको छ ।एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छरछ मिटरको ‘सर्भिस लेन’ हुनेछ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुनेछ । रासस

 


Thali Mobile Pvt.Ltd.