भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन र प्रविधि सुधारमा विशेष जोड दिएका छौंः मन्त्री थापा

स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन र प्रविधि सुधारमा विशेष जोड दिएका छौंः मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशमा स्वास्थ्य सेवा प्रणाली सुधार गर्न सरकारले विशेष काम गरिरहेको बताउनुभएको छ ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा ३ दिने आर्थिक वर्ष २०८१–०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२–०८३ को योजना तर्जुमा गोष्ठी सुरु भएको छ।

प्रदेशभरका स्वास्थ्य संस्थाहरूको मूल्यांकन गर्दै आगामी वर्षका लागि प्रभावकारी रणनीति निर्माण गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा उहाँले भन्नुभयो, हामीले स्वास्थ्य सेवा सहज, सर्वसुलभ र प्रभावकारी बनाउन प्रतिबद्ध छौं। समिक्षा गोष्ठीहरूले हाम्रो कार्यक्षमताको मूल्यांकन गर्न र आगामी वर्षका लागि ठोस योजना बनाउन मार्गनिर्देशन गर्छ।

यस वर्ष स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन र प्रविधि सुधारमा विशेष जोड दिने हाम्रो योजाना छ। यस्तै कार्यक्रममा बोल्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.सुमित्रा गौतमले स्वास्थ्य सेवा प्रवाहका मुख्य चुनौतीहरू पहिचान गर्दै समाधानका लागि समन्वय आवश्यक रहेको बताउनुभयो। सेवा गुणस्तर सुधारका लागि दक्ष जनशक्ति व्यवस्थापन, प्रविधिको अधिकतम उपयोग, तथा प्रभावकारी अनुगमन प्रणालीलाई अगाडि बढाउने उहाँले बताउनुभयो ।

We have placed

त्यस्तै, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.दिपेन्द्र श्रेष्ठले नीति निर्माणमा तथ्यांक र वास्तविकता आधारित बनाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अनुसन्धान र प्रविधिमा लगानी बढाउनुपर्छ। गोष्ठीमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा। नरेन्द्र कुमार झाले यस समिक्षात्मक गोष्ठीबाट महत्वपूर्ण सुझावहरू प्राप्त भएको बताउँदै सुझावलाई आगामी नीति तथा कार्यक्रमहरूमा समावेश गरिने उल्लेख गर्नुभयो।

उहाँले थप्नुभयो, ूप्रदेशको स्वास्थ्य सेवा प्रणाली सुधार गर्न सबै निकायहरूले समन्वयात्मक रूपमा काम गर्न आवश्यक छ। समीक्षा गोष्ठीले हाम्रा कमजोरीहरू पहिचान गर्दै सुधारका लागि मार्गनिर्देशन गर्ने अवसर दिएको छ। ३ दिन सम्म चल्ने गोष्ठीमा पहिलो दिन अस्पताल, दोस्रो दिन जनस्वास्थ्य र तेस्रो दिन आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रिपोर्टिङ रहने निर्देशनालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.