भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

दिउँसो मध्यम र राति ठूलो वर्षा हुने सम्भावना : महाशाखा

दिउँसो मध्यम र राति ठूलो वर्षा हुने सम्भावना : महाशाखा

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा मध्यमदेखि ठूलो पानी पर्न सक्ने जानकारी दिएको छ।

महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, मधेश र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ भने अन्य धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने देखिएको छ।

यसैबीच, अहिले काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ। गएराति कास्की र लमजुङ जिल्लामा ठूलो पानी परेको महाशाखाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.