भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

मानव बेचबिखन तथा ओसारपसार बढ्दै : एक वर्षमै ४ हजारभन्दा बढी उद्धार

मानव बेचबिखन तथा ओसारपसार बढ्दै : एक वर्षमै ४ हजारभन्दा बढी उद्धार

मुख्य बुँदा

२०८१/८२ मा मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दो।

नेपाल प्रहरीले १२७ जना पीडितलाई उद्धार गरेको।

पुनःस्थापना केन्द्र र संघसंस्थामार्फत ४,४९० जना उद्धार/पुनःस्थापना।

सीमा क्षेत्रमा ४,३०० जना जोखिममा परेका उद्धार।

७७,५०० जनाले परामर्श सेवा प्राप्त।

मन्त्रालयको प्रतिवेदनले बहुआयामिक प्रयास आवश्यक रहेको औंल्याएको।

काठमाण्डौ, १९ भाद्र । मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै गएका छन् । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार गएको आर्थिक वर्ष २०८१र८२ मा नेपाल प्रहरीले एक सय २७ जना पीडितरप्रभावितलाई विदेश र स्वदेशका विभिन्न ठाउँवाट उद्धार गरेको छ ।

१० वटा जिल्लामा रहेका पुनस्र्थापना केन्द्रहरू मार्फत सात सय ५८ र ती जिल्लाका विभिन्न सङ्घसंस्थामार्फत दुई हजार सात सय ३२ जना गरी जम्मा चार हजार चार सय ९० जना पीडितको उद्धार र पुनःस्थापना गरिएको मन्त्रालयले सार्वजनिक गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०८१’ मा उल्लेख छ ।

यसैगरी, नेपाल–भारत सीमा नाकालगायत विभिन्न ठाउँमा रहेका सङ्घसंस्थाका सूचना केन्द्रहरूले सीमा सुरक्षा तथा चेक प्वाइन्टमा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका निकायको सहयोगमा दुई हजार सात सय ६६ जना महिला, एक हजार चार सय ३६ जना बालिका, १५ जना पुरुष र ८३ जना बालक गरी जम्मा चार हजार तीन सय जनालाई मानव बेचबिखन तथा ओसार पसारका लागि जोखिम भनी प्रारम्भिक पहिचान गरी उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

ती सूचना केन्द्रहरूले कुल ७७ हजार पाँच सय जनालाई मानव बेचबिखन र मानव तस्करीका विरुद्धमा परामर्श सेवा प्रदान गरेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.