भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कोशीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

कोशीका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ, २८ असाेज । देशभर अहिले मौसम सामान्यतया सफा रहेको छ। हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव देशमा नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ, भने बाँकी भू–भागमा मौसम सफा रहनेछ।

त्यस्तै, कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा न्यूनतम तापक्रम स्थिर अवस्थामा छ भने बिहान र साँझ चिसोपन बढ्दै गएको छ।

 


Thali Mobile Pvt.Ltd.