भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

केही क्षेत्रमा वर्षा, तर लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो लहरको सम्भावना

केही क्षेत्रमा वर्षा, तर लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो लहरको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली, पहाडी तथा केही तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

यद्यपि मनसुन अझै देशभर पूर्ण रूपमा सक्रिय नभएकाले लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा तातो लहर तथा अत्यधिक गर्मी कायम रहने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थानमा बादल लाग्नेछ भने मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका केही तराई क्षेत्र तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।

यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर चल्ने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तातो दिन रहने सम्भावना रहेको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान छ।

हाल कोशी, मधेस र बागमती प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.