भर्खरै : Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड |

भेनेजुएलामा भूकम्पपछि आपतकाल घोषणा, ठूलो जनधन क्षतिको आशंका

भेनेजुएलामा भूकम्पपछि आपतकाल घोषणा, ठूलो जनधन क्षतिको आशंका

एजेन्सी, ११ असार । शक्तिशाली भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा गरिएको छ। भूकम्पका कारण ठूलो मानवीय क्षति भएको आशंकाबीच कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गरेकी हुन्।

सरकारी सम्बोधनका क्रममा गृहमन्त्री तथा राष्ट्रियसभाका प्रमुख जर्ज रोड्रिगेज पनि उपस्थित थिए। सरकारले राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन एक उच्च सैनिक अधिकारीलाई समन्वयको जिम्मेवारी दिएको जनाएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) को प्रारम्भिक आकलनअनुसार मृत्यु हुनेको संख्या उल्लेखनीय रूपमा बढ्न सक्ने सम्भावना रहेको छ। राजधानी काराकास आसपास केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प गएको बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पबाट भवन, पूर्वाधार र जनजीवनमा ठूलो क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ। यद्यपि, आधिकारिक रूपमा मृतक र घाइतेको अन्तिम विवरण सार्वजनिक हुन बाँकी छ।

 


Thali Mobile Pvt.Ltd.