काठमाण्डौ । पुस लागेपछिको १३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पटक गएराति ११ बजेर ३७ मिनेटमा कालीकोटको लाली आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ ।
गएको पुस २ गते बझाङको धामेना आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव ३ र पुस ३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै पुस ४ गते मनाङको नेस्याङ केन्द्रविन्दु भएर ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गयो ।
यस्तै पुसको ६ गते बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रविन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा १ सयभन्दा धेरै घर तथा दुई वटा विद्यालयमा क्षति पुर्याएको थियो ।
पुसको ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युड र पुसको ११ गते जाजरकोटको नायकवाडा केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पोहोर कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्पपछि पश्चिम नेपालमा ५ वटा परकम्प गएको केन्द्रको तथ्याङ्क छ ।
पश्चिम क्षेत्रमा निरन्तरजसो साना तथा मझौला खालका भूकम्पको धक्का महसूस हुँदै आएको छ । जाजरकोट, बाजुरा, बझाङ, डोटीलगायतका जिल्लामा पटक पटक भूकम्प गइरहेका छन् । जाजरकोट भूकम्पले भौतिक संरचनामा पुर्याएको क्षतिको अहिलेसम्म पनि पुनर्निर्माणको काम हुन सकेको छैन । पीडित नागरिक अहिले पनि अस्थायी आवासमा छन् ।
भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिम क्षेत्र उच्च जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन् । पूर्वसतर्कता अपनाउन र भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिन विज्ञको सुझाव छ । नेपालमा २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम दिएका छन् । बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी संयुक्त जनआन्दोलन समितिले उक्त अल्टिमेटम दिएको हो । राजसंस्था पुनःस्थापनाका...
गोरखा । पथप्रदर्शकको मृत्यु भएको छ। उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका उनको मृत्यु भएको हो । विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित खोला किनारमा हिँड्ने क्रममा सार्की...
काठमाण्डौ । चार दिनदेखि आन्दोलनरत दोलखा जिल्लावासी, करार कर्मचारीहरूसँग सहमति भएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएपछि सहमति भएको हो...
भक्तपुर । नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव...