भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीको कहर: ६०० मेगावाट जलविद्युत प्रभावित, करोडौंको उत्पादन घाटा | सरकारले आठ जटिल रोगको उपचारमा थप एक लाख रुपैयाँ दिने निर्णय, कार्यान्वयनमा चुनौतीहरू के के? | एसईई उत्तीर्ण खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा बधाई तथा मार्गदर्शन | सुर्यविनायक नगर अस्पताललाई ५० शैयाको अस्पतालको रूपमा स्वीकृति | “लाली पाउडर लाया जसी ” सार्वजनिक, रोशन टमट्टा र संगीता बडुवालको आवाजमा नयाँ देउडा गीत | बुढानिलकण्ठ–६ मा निःशुल्क दन्त शिविर, १४४ जनाले पाए सेवा | चिकित्सक सङ्घको आन्दोलन स्थगित, अस्पताल सेवा पुनःसञ्चालन | ट्रम्प–नेतान्याहूबीच २४ घण्टामा दोश्रो वार्ता, गाजा युद्धविरामलाई प्राथमिकता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

संयोग कि दुर्गती ? दक्षिण कोरियामा १४ दिनमा ३ वटा राष्ट्रपति

संयोग कि दुर्गती ? दक्षिण कोरियामा १४ दिनमा ३ वटा राष्ट्रपति image

काठमाडौं । दक्षिण कोरियाको संसदमा प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक–सूविरुद्ध विपक्षी दलले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित भएको छ । योसँगै उनी पनि पदमुक्त भएका छन् । यसलाई कार्यवाहक राष्ट्रपति भएको बेला महाअभियोग सामना गर्नुपरेको पहिलो घटना भनिएको छ । तीब्र राजनीतिक उथलपुथलले दक्षिण कोरियाले दुई सातामा तीन राष्ट्रपति पाएको छ ।

गत मंसिर २९ गते राष्ट्रपति यून सुक योलविरुद्ध महाअभियोग प्रस्ताव पारित भएसँगै डक–सू कार्यवाहक राष्ट्रपति बनेका थिए । महाअभियोगको पक्षमा १९२ मत परेको थियो जुन आवश्यकभन्दा ५१ मत बढी थियो। महाअभियोग प्रस्तावमाथि मतदान हुँदा संसदमा ठूलो हंगामा भएको थियो । सत्ता पक्ष र विपक्षको बीचमा धकेलाधकेलको अवस्था बनेको थियो ।सत्तापक्षले मतदान बहिस्कार गरेसँगै कार्यवाहक राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा कुनै मत परेन ।

अब अर्थमन्त्री चोई सांग(मोकले कार्यवाहक राष्ट्रपतिको रूपमा पदभार सम्हाल्नेछन् । चोई सांगले ३ डिसेम्बरमा मार्शल ल लागु गर्ने तत्कालीन राष्ट्रपतिको निर्णयको खुलेर विरोध गरेका थिए । उनले यसलाई देशको अर्थतन्त्रका लागि विनाशकारी बताएका थिए । यसअघि ३ डिसेम्बरमा राष्ट्रपति यून सुक योलले देशमा संकटकाल लगाएका थिए। तर विपक्षी दलको प्रयासका कारण यो केवल ६ घण्टाका लागि मात्र लागु भयो। विपक्षी दलले संसदमा मतदान गरेर मार्शल लको प्रस्तावलाई अवैध घोषित गरेको थियो ।

त्यसपछि दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरुद्ध महाअभियोग चलाएर हटाइएको थियो। १४ डिसेम्बरमा हान डक(सूलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो, तर उनी यो पदमा केवल १३ दिन मात्र रहन सके।शुक्रबार संसदमा मतदान हुँदा ठूलो हंगामा भएको थियो। सभामुखले कार्यवाहक राष्ट्रपतिलाई हटाउन ५० प्रतिशत सांसदको मत आवश्यक पर्ने बताएका थिए ।

यसरी हेर्दा केवल १५१ सांसदको मतले कार्यवाहक राष्ट्रपतिलाई हटाउन सकिने थियो। संसदमा विपक्षी दलसँग १९२ सिट छ। सत्ताधारी दलसँग केवल १०८ सिट भएकाले यसको विरोध गरेको थियो । यसअघि राष्ट्रपति यूनलाई हटाउन २०० सिट आवश्यक थियो । महाअभियोग सफल भएपछि कार्यवाहक राष्ट्रपति हानले संसदको निर्णयको सम्मान गर्ने बताएका छन्।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.