भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

किन गर्दै छ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भवन निर्माण गर्न आनाकानी ?

किन गर्दै छ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भवन निर्माण गर्न आनाकानी ?

काठमाडौं । भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित भएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नहुँदा स्थानीय तथा जनप्रतिनिधि आक्रोषित भएका हुन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले २०७८ साल जेठ १३ गते केन्द्रकै माग बमोजिम झौखेलमा रहेको ३१ रोपनी ३ आना सार्वजनिक जग्गा ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो । तर जग्गा प्राप्तिको निर्णय भई अस्पतालका नाममा जग्गा लिज सम्झौता प्रमाणपत्र समेत प्राप्त भइसक्दा पनि अस्पताल प्रशासनले भवन निर्माणको काममा आलटाल गर्दै आएको स्थानीयको आरोप छ ।

केन्द्रले भवन निर्माण गरी अस्पताल स्थानान्तरण गर्ने भन्दै चाँगुनारायण नगरपालिकामा वडा नम्बर ३ स्थित झौखेलमा जग्गा प्राप्त गरेको ४ वर्ष पुग्न लाग्दा पनि निर्माण कार्य शुरु नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित भएका छन् ।

केन्द्रले हाल अस्पतालको सेवा भक्तपुर नगरपालिका वडा नं १ दुधपाटीमा रहेका साँंघुरो एउटा भबनबाट मात्रै दिँदै आएको छ । यता स्थानीयले भने राजनीतिक पहुँचको आधारमा अस्पताल अन्तै स्थानान्तरण गर्ने खेल भएको भन्दै आक्रोश जनाएका छन् ।

चाँगुनारायण नगरपालिकामा वडा नम्बर ३ का अध्यक्ष श्यामसुन्दर धिमालले जग्गा लिजमा दिने निर्णय भएको चार वर्षमा पनि अस्पताल प्रशासानले कुनै चासो नदेखाएको बरु विभिन्न बहानाबाजी गर्दै आलटाल गर्ने गरेको गुनासो गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.