काठमाडौं । भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित भएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नहुँदा स्थानीय तथा जनप्रतिनिधि आक्रोषित भएका हुन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले २०७८ साल जेठ १३ गते केन्द्रकै माग बमोजिम झौखेलमा रहेको ३१ रोपनी ३ आना सार्वजनिक जग्गा ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो । तर जग्गा प्राप्तिको निर्णय भई अस्पतालका नाममा जग्गा लिज सम्झौता प्रमाणपत्र समेत प्राप्त भइसक्दा पनि अस्पताल प्रशासनले भवन निर्माणको काममा आलटाल गर्दै आएको स्थानीयको आरोप छ ।
केन्द्रले भवन निर्माण गरी अस्पताल स्थानान्तरण गर्ने भन्दै चाँगुनारायण नगरपालिकामा वडा नम्बर ३ स्थित झौखेलमा जग्गा प्राप्त गरेको ४ वर्ष पुग्न लाग्दा पनि निर्माण कार्य शुरु नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित भएका छन् ।
केन्द्रले हाल अस्पतालको सेवा भक्तपुर नगरपालिका वडा नं १ दुधपाटीमा रहेका साँंघुरो एउटा भबनबाट मात्रै दिँदै आएको छ । यता स्थानीयले भने राजनीतिक पहुँचको आधारमा अस्पताल अन्तै स्थानान्तरण गर्ने खेल भएको भन्दै आक्रोश जनाएका छन् ।
चाँगुनारायण नगरपालिकामा वडा नम्बर ३ का अध्यक्ष श्यामसुन्दर धिमालले जग्गा लिजमा दिने निर्णय भएको चार वर्षमा पनि अस्पताल प्रशासानले कुनै चासो नदेखाएको बरु विभिन्न बहानाबाजी गर्दै आलटाल गर्ने गरेको गुनासो गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काँक्रेविहार । जाजरकोटको भेरी नगरपालिका–१ को धल्दामा स्थापित जडीबुटी प्रशोधन केन्द्रबाट जडीबुटी प्रशोधन सुरु गरिएको छ । विसं २०७८ जेठ ११ गतेदेखि निर्माण सुरु भएको उक्त भवनको काम सम्पन्न...
काठमाडौँ । आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । दुई वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर...
काठमाडाैं । सरकारले सञ्चालन गरेको पाठेघरकाे मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन्। स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका...
लमजुङ । बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ...